सुनको मूल्य तोलामा ५००ले बढ्यो
नेपाल प्रेस
२०७८ माघ २५ गते ११:४२
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९२ हजार ६००रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर