राप्रपाबाट अलग हुने कमल थापाको घोषणा – Nepal Press

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।

‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, थापाले भनेका छन् ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने थापाले बताएका छन् । राप्रपामा कसैसँग पनि वैरभाव नरहेको भन्दै उनले सबैको भलो होस् भन्ने कामनासमेत गरेका छन् ।

‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु,’ उनले भनेका छन् ।

थापाले हिजो मात्रै आफ्नो पक्षको भेला आयोजना गरी स्थानीय चुनावको घोषणासम्म माग सुनवाइ नभए पार्टी छोड्ने सन्देश दिएका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर