कमल थापाको कठोर निर्णय ! राप्रपासँगै राजतन्त्रको एजेन्डाबाट अलग – Nepal Press
टिप्पणी

कमल थापाको कठोर निर्णय ! राप्रपासँगै राजतन्त्रको एजेन्डाबाट अलग

काठमाडौं । ‘एकता महाधिवेशन’सकिएको तीन महिना नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको एकता भंग भएको छ । पूर्वअध्यक्ष कमल थापाले नै पार्टी परित्याग गरेका छन् ।

महाधिवेशनअगाडिसम्म कमल थापा राप्रपाबाट बाहिर रहने कुरा कसैको कल्पनामा पनि थिएन । राप्रपाको पर्यायका रूपमा थिए उनी । तर, राजेन्द्र लिङदेनसँग अप्रत्याशित हारबाट विक्षिप्त बनेका थापाले कठोर निर्णय लिएका छन् । फेरि एकपटक उनको राजनीति कठिन मोडमा धकेलिन पुगेको छ ।

राजसंस्थालाई सर्वोपरी मान्दै करिब ५ दशक राजनीति गरेका थापाले ‘राजा’ सँगको वैरभावका कारण राप्रपा छोडेका हुन् । पार्टीको महाधिवेशनमा ‘निर्मल निवासले नांगो हस्तक्षेप गरेर आफूलाई हराएको आरोप उनले लगाउँदै आएका थिए । लिङदेनको जित स्वीकारे पनि पचाउन भने नसकेका उनी निकै पीडामा थिए । महाधिवेशनमा हार निश्चित भएसँगै उनले राप्रपामा नबस्ने मनस्थिति बनाइसकेको निकटस्थहरूको भनाइ छ ।

२०६२/६३ को परिस्थिति र यो परिस्थिति फरक छ । यसबेला थापा आफैंले आफ्नो लागि प्रतिकूलता सिर्जना गरेका छन् । आफैंले आफूलाई अप्ठेरोमा धकेलेका छन् । राजेन्द्र लिङदेनको जितलाई सहजरूपमा लिएर पार्टीमा क्रियाशील रहेको भए उनीप्रतिको सम्मान बढ्ने थियो । अध्यक्ष निर्वाचित हुन नसके पनि पार्टीभित्र उनको बर्चश्व थियो नै । तर, उनले अध्यक्षको कुर्सीमा अर्को व्यक्ति स्वीकार्न सकेनन् ।

महाधिवेशनयता पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा थापा सहभागी भएका थिएनन् । उनले दुईपटक अध्यक्ष लिङदेनलाई पत्र लेखेर निर्मल निवासमाथि छानविन गर्न माग राखेका थिए । तर, लिङदेन यसका लागि तयार भएनन् । पार्टीको मुख्य आदर्शका रूपमा रहेको संस्थामाथि नै छानबिन गर्ने कुरा उनले स्वीकार्ने सम्भावना पनि थिएन । यद्यपि उनले थापाको बहिर्गमन रोक्न प्रयास भने गरेका हुन् । उनी आफैं थापाको बूढानीलकण्ठस्थित निवासमा पुगेर भेटवार्ता गरेका थिए । भेटवार्ता सौहार्दपूर्ण त रह्यो, तर फलदायी भएन ।

राप्रपा परित्यागसँगै कमल थापाले राजसंस्थाको एजेन्डालाई पनि अनौपचारिकरूपमा बिसाएका छन् । यो झनै महत्वपूर्ण छ । जुन एजेन्डालाई उनले अत्यन्तै प्रतिकूल अवस्थामा पनि बोकेर हिँडे, जुन एजेन्डाबाट उनले शक्तिआर्जन गरे, त्यसलाई त्यागेर अघि बढ्ने निर्णय लिनु उनका निम्ति सहज अवश्य थिएन । राजा नै आफ्नो राजनीति सिध्याउन लागिपरेको निष्कर्ष निकालेका उनले यसलाई सैद्धान्तिकरण गर्दै अघोषितरूपमा राजसंस्थाको कार्यनीति त्यागेका छन् ।

कमल थापा राजनीतिबाट अलग हुँदै छैनन् । उनले नयाँ पार्टी गठनको गृहकार्य गरिरहेका छन् । चाँडै नै दर्ता गर्ने उनको तयारी छ । थापाले अब धर्मको राजनीति गर्नेछन् । उनको नयाँ पार्टी ‘राजावादी’ नभइ ‘हिन्दूवादी’ हुनेछ । आगामी चुनावमा उनले हिन्दूराष्ट्र पुन:स्थापनाका लागि भोट माग्नेछन् भने राजतन्त्र पुन:स्थापनाको विषयमा मौन रहनेछन् । उनले आफूलाई गणतन्त्रवादीका रूपमा पनि उभ्याउने छैनन् । राजसंस्था अब उनका निम्ति कार्यनीतिक नभएर प्राज्ञिक विषयका रूपमा मात्रै रहनेछ ।

कमल थापाको आगामी राजनीतिक यात्रा निकै चुनौतीपूर्ण देखिएको छ । वृद्धावस्थामा उनी नयाँ शिराबाट राजनीति थाल्न कस्सिएका छन् । उनकै निम्ति पनि यो कुनै उत्साहजनक निर्णय होइन । यो कदममा उनकै निकटस्थ र प्रियपात्रहरू पनि सन्तुष्ट छैनन् । पार्टीमा उनको पक्षबाट उल्लेख्य संख्यामा पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनीहरूको थापाप्रति सदाशयता र सहानुभूति छ, तर धेरैले उनलाई साथ दिने देखिँदैन । अहिलेसम्म कुनै पनि पदाधिकारीले थापाप्रति खुलेर समर्थन जनाएका छैनन् ।

राप्रपा परित्यागसँगै कमल थापाले राजसंस्थाको एजेन्डालाई पनि अनौपचारिकरूपमा बिसाएका छन् । यो झनै महत्वपूर्ण छ । जुन एजेन्डालाई उनले अत्यन्तै प्रतिकूल अवस्थामा पनि बोकेर हिँडे, जुन एजेन्डाबाट उनले शक्तिआर्जन गरे, त्यसलाई त्यागेर अघि बढ्ने निर्णय लिनु उनका निम्ति सहज अवश्य थिएन ।

हिजो आयोजना गरेको भेलामा थापा पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति थियो । तर, राप्रपा फुटाउने कुरामा अधिकांस सकारात्मक छैनन् । सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष ध्रवबहादुर प्रधान र महामन्त्री कुन्ती शाहीले थापाले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका थिए । थापा पक्षका धेरै नताहरू मौन छन् । पार्टीका हस्ति नेताहरू कसैको पनि साथ नपाएको खण्डमा उनी निरीह अवस्थामा पुग्नेछन् ।

महाधिवेशनपछि थापाले राखेका असन्तुष्टिको विषयहरूले कसैको पनि मन जित्न सकेन । न पार्टीभित्र उनलाई समर्थन मिल्यो, न पार्टीबाहिर सहानुभूति । बरु सामाजिक सञ्जालमा निरन्तर आलोचनाका पात्र बनिरहेका छन् । पार्टीबाट अलग हुँदा पनि उनले कुनै सहानुभूति प्राप्त गर्ने अवस्था छैन । धेरैले यसलार्ई पराजय स्वीकार्न नसकेको कुण्ठाका रूपमा मात्रै बुझेका छन् । उनको इमेज निकै खस्किसकेको छ ।

धेरै भएको छैन, थापाले गीताको किताब समातेर कसम खाएका थिए- अब राप्रपा नफुटाउने भनेर । पशुपति शम्शेर राणा र डा. प्रकाश चन्द्र लोहनीको पार्टीसँग एकता गर्दा खाएको कसम उनले भंग गरेका छन् । भन्न सक्छन्- मैले पार्टी फुटाएको होइन, आफूले छोडेको मात्र हो । प्राविधिकरूपमा राप्रपा विभाजन भएको छैन । तर, सारमा कमल थापा निस्किनु भनेको नै पार्टी विभाजन हो ।

थापा राप्रपाबाट निस्केर विश्राम लिन लागिरहेका छैनन् । राजनीतिबाट सन्न्यास लिन गइरहेका छैनन् । नयाँ पार्टी गठन गर्ने तयारीमा उनी छन् । उनले बनाउने पार्टीको आधार भनेको राप्रपा नै हो । राप्रपाका नेता-कार्यकर्ता नल्याइकन उनको पार्टी बन्दैन । त्यो भनेको पार्टी फुट नै हो । कानूनीरूपमा नहोला, व्यवहारिकरूपमा यो विभाजन नै हो ।

राप्रपा परित्यागसँगै कमल थापाले राजसंस्थाको एजेन्डालाई पनि अनौपचारिकरूपमा बिसाएका छन् । यो झनै महत्वपूर्ण छ । जुन एजेन्डालाई उनले अत्यन्तै प्रतिकूल अवस्थामा पनि बोकेर हिँडे, जुन एजेन्डाबाट उनले शक्तिआर्जन गरे, त्यसलाई त्यागेर अघि बढ्ने निर्णय लिनु उनका निम्ति सहज अवश्य थिएन ।

नेपालमा ६२/६३ को आन्दोलन भएर गणतन्त्र आएपछि कमल थापाको राजनीति संकटग्रस्त बनेको थियो । त्यसबेला उनले हिम्मत हारेनन् । देश परिवर्तनको रंगमा रग्मगिएका बेला ‘प्रतिगामी’ एजेन्डाका संवाहक बनेर यात्रारत रहे । फलतः उनले अनेकन दुत्कार मात्र होइन, भौतिक हमलाको समेत सामना गर्नुपर्यो । तर, उनी विचलित भएनन् । गणतन्त्रले अपेक्षित प्रतिफल दिन नसक्दा कमल थापाले लिएको लाइनमा बिस्तारै जनआकर्षण बढ्न थाल्यो । फलस्वरूप उनको पार्टीले सालको २०७० सालको चुनावमा समानुपातिकतर्फ राम्रो नतिजा ल्यायो । यद्यपि, पछिल्लो चुनावमा राप्रपा फेरि खस्किएको थियो ।

२०६२/६३ को परिस्थिति र यो परिस्थिति फरक छ । यसबेला थापा आफैंले आफ्नो लागि प्रतिकूलता सिर्जना गरेका छन् । आफैंले आफूलाई अप्ठेरोमा धकेलेका छन् । राजेन्द्र लिङदेनको जितलाई सहजरूपमा लिएर पार्टीमा क्रियाशील रहेको भए उनीप्रतिको सम्मान बढ्ने थियो । अध्यक्ष निर्वाचित हुन नसके पनि पार्टीभित्र उनको बर्चश्व थियो नै । तर, उनले अध्यक्षको कुर्सीमा अर्को व्यक्ति स्वीकार्न सकेनन् । अब आफैं नयाँ पार्टी बनाएर अध्यक्षको कुर्सीमा बस्न तत्पर भएका छन् ।

यो पनि पढ्नुस् : कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर