कमल थापा पक्षधर महामन्त्री पाठक भन्छन्- उहाँले बनाउने पार्टीमा जाँदैनौं – Nepal Press

कमल थापा पक्षधर महामन्त्री पाठक भन्छन्- उहाँले बनाउने पार्टीमा जाँदैनौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने निर्णय लिएपछि राप्रपामा तरंग उत्पन्न भएको छ । थापाकै निकटस्थ मानिने नेताहरुसमेत उनको निर्णयबाट दुखी र असन्तुष्ट बनेका छन् ।

राप्रपा महाधिवेशनमा थापाको प्यानलबाट निर्वाचित महामन्त्री भुवन पाठकले थापाको यो निर्णय अस्वभाविक, अप्रत्याशित र दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘उहाँले उठाउनुभएका केही कुराहरुलाई हामी सम्वोधन गर्ने क्रममा थियौं । आज हाम्रो त्यही विषयमा अध्यक्ष र पदाधिकारीहरुबीचमा छलफल पनि थियो । माग सम्वोधन गर्ने छेउछाउमा हामी पुगेका थियौं । तर, अचानक पार्टी छोड्ने घोषणा सुन्दा दु:ख लागेको छ । यो दुर्भाग्यपूर्ण भयो ।’

थापाले पार्टी परित्याग गर्ने विषयमा आफूसँग कुनै सरसल्लाह नगरेको पाठकले बताए । साथै उनले गठन गर्न लागेको नयाँ पार्टीमा आफ्नो कुनै सहयोग र संलग्नता नरहने उनले स्पष्ट पारे ।

‘अझै पनि हाम्रो अपेक्षा छ, उहाँ फर्किनुहुन्छ र राप्रपामा फेरि सक्रिय बन्नुहुन्छ भन्ने,’ पाठकले भने, ‘यदि नयाँ पार्टी गठन गर्नुभयो भने हामी त्यसमा जाने कुनै सम्भावना छैन ।’

राप्रपाका पूर्वअध्यक्ष थापाले निर्मल निवासमाथि छानविन गर्नुपर्ने आफ्नो माग सुनवाई नभएको भन्दै पार्टीबाट अलग भएको आज घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर