बेलायतले मार्चसम्म १५ हजार विदेशी स्वास्थ्यकर्मी भर्ना लिने – Nepal Press

बेलायतले मार्चसम्म १५ हजार विदेशी स्वास्थ्यकर्मी भर्ना लिने

लन्डन । बेलायत मार्च महिनाको अन्त्यसम्म १५ हजार स्वास्थ्य कामदारलाई भर्ना गर्ने भएको छ । स्वास्थ्यमन्त्री सजिद जाभिदले डेली टेलिग्राफलाई दिएको जानकारी अनुसार आगामी दुईवर्षको लागि ती कामदार भर्ना गर्न लागिएको हो ।

यो संख्यामा अझै बढोत्तरी हुने उनको भनाई छ । विदेशबाट १० हजार जना नर्स र ५ हजार स्वास्थ्यकर्मीलाई भर्ना गर्न लागिएको जनाए । उपचारको लामो पर्खाइमा रहेकाको माग पुरा गर्न तत्कालै उक्त संख्यामा स्वास्थ्य कामदार भर्ना गर्नुपर्ने उनको भनाई छ ।

सन् २०२३ अप्रिलबाट कुने पनि बिरामीले उपचारका लागि १८ महिना भन्दा बढी पर्खनु नपर्ने योजना पनि स्वास्थ्यमन्त्री जाभिदले बताएका छन् । सन् २०२४ को मार्चसम्म बिरामीलाई पर्खनुपर्ने अधिकतम समय ६५ हप्तामा बनाउने योजना पनि बनाइएको उनले उल्लेख गरेका छन् । यो समय २०२५ मार्चबाट १ वर्षमा झार्ने योजना रहेको स्वास्थ्यमन्त्री जाभिदको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर