शेखरको राजनीतिक दौडाहा जारी, भोलि बिहान प्रचण्डलाई भेट्ने – Nepal Press

शेखरको राजनीतिक दौडाहा जारी, भोलि बिहान प्रचण्डलाई भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने भएका छन् ।

नेता कोइराला प्रचण्डलाई भेट्न बिहीबार विहान उनको निवास खुमलटार जाने भएका हुन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

ओलीसँगको भेटमा नेता कोइरालाले अमेरिकी सहायता परियोजना एमसीसी र समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका थिए ।

पछिल्लो एमसीसीका विषयमा बहस तातेका बेला कोइरालाले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा सहमति जुटाएर अनुमोदन गर्न केही समय आवश्यक पर्ने भन्दै अमेरिकालाई लेखेको पत्र बाहिरिएपछि यो विषय गर्माएको छ । अमेरिकाले फेब्रुअरी २८ सम्म अनुमोदन गरिसक्न डेडलाईन तोकेपछि अझ यसको बहस बढेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु नै एमसीसीका विषयमा एकमत नहुँदा संसद बैठक समेत प्रभावित हुँदै आएको छ ।

एमसीसीकै कारण संसद बैठक बुधबार समेतगरी ६ पटक स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर