ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार – Nepal Press

ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने दुई होटललाई बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बाफतको करोडौँ रुपैयाँ नबुझाउने ह्याप्पी आवर प्राली काठमाडौं र नेपालगञ्ज १० मा रहे प्राली बन्द गराउन पत्राचार गरेको हो ।

मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै होटल र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालन बन्द गर्न भनेको छ ।

गत तीन वर्षमा राज्यलाई तिर्नुपर्ने ३८ करोड १० लाख ४५ हजार ६३८ रुपैयाँ रोयल्टी तथा इजाजत नविकरण शुल्क नबुझाएकाले बन्द गर्न पत्राचार गरिएको हो ।

यस्तै विभागबाट वर्गीकरण नै नभएको ड्रिमल्याण्ड होटलले आधुनिक मेशिन र उपकरणको माध्यमबाट खोलाइने खेल खोलाइएको भन्ने बुझिन आएकाले होटल र खेल बन्द गर्न पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर