आजदेखि भारतको उत्तर प्रदेशमा चुनाव : ५८ सिटका लागि बिहानदेखि मतदान सुरु – Nepal Press

आजदेखि भारतको उत्तर प्रदेशमा चुनाव : ५८ सिटका लागि बिहानदेखि मतदान सुरु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा आजदेखि विधान सभाको चुनाव सुरु भएको छ । त्यहाँको ११ जिल्लाका ५८ वटा निर्वाचन क्षेत्रमा बिहीबार बिहानैदेखि मतदान सुरु भएको हो ।

उत्तर प्रदेशलाई भारतको राजनीतिमा निकै अर्थपूर्णरुपमा लिने गरिन्छ । निर्वाचन आयोगका अनुसार कोभिड मापदण्ड पालना गर्दै बिहान सात बजेदेखि मतदान सुरु भएको छ ।

२५ हजार ८४९ मतदान केन्द्रमा सुरु भएको मतदान बेलुका ६ बजेसम्म निरन्तर रहने जनाइएको छ । बिहान ९ बजेसम्म ८ प्रतिशत मत खसेको आयोगको विवरणमा उल्लेख छ ।

सामली, मिरट, हापुर, मुजफरनगर, बागपत, गाजियावाद, बुलन्दसहर, अलिगढ, आगरा, गौतम बुद्ध नगर र मथुरा जिल्लामा मतदान सुरु भएको हो । यो चुनावमा ७३ जना महिलासहित ६२३ उम्मेदवार उठेका छन् ।

पहिलो चरणमा २ करोड २७ लाख मानिसले मतदान गर्ने जनाइएको छ । उत्तर प्रदेशको जनसंख्या २० करोड छ । सात चरणमा हुने चुनाव मार्च ७ सम्म चल्नेछ । मार्च १० देखि मतगणना सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर