बजेटको ६ महिने समीक्षा, असारसम्म १५ खर्ब खर्चको अनुमान
नेपाल प्रेस
२०७८ माघ २७ गते १५:२७
काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोरोनाले धराशायी बनेको अर्थतन्त्र चलायमान हुँदै अब सकारात्मक बाटोमा जाने बताएका छन् । पछिल्लो समयमा वस्तु निर्यातमा वृद्धि भएको उनको भनाइ छ ।
आगामी असार मसान्तसम्म १५ खर्ब खर्च हुने मन्त्री शर्माको अनुमान छ ।
प्रतिक्रिया
सम्बन्धित खवर