कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

२०७८ माघ २८ गते ९:१५

काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ ।
बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर