तुलसीपुर आगलागीमा मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो
रूपन्देही । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ ।
आगलागीमा परी चार बालबालकिा र एकजना वयस्कको निधन भएको हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ वर्षीय हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि,६ वर्षका आबिददीन अलि रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा भएको आगलागी भएको हो । आगो र धुँवाको रात तथा तापले समयमा उद्दार हुन नसक्दा उनीहरुको मृत्यु भएको हो ।
बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो देखेपछि बल्ल आगलागीबारे सूचना प्राप्त भएको थियो । घरधनी काठमाडौंमा बस्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।