ब्रिगेड ब्वाइजलाई हराउँदै पहिलो पटक रेलिगेशन क्षेत्र बाहिर फ्रेन्ड्स – Nepal Press

ब्रिगेड ब्वाइजलाई हराउँदै पहिलो पटक रेलिगेशन क्षेत्र बाहिर फ्रेन्ड्स

काठमाडौं । डेब्यू खेलमा सुशिल शाहाको दुई गोल प्रेरित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोलको नतिजामा पराजित गर्दै फ्रेन्ड्स क्लब पहिलोपटक रेलिगेशन क्षेत्रबाट पहिलोपटक बाहिर निस्किएको छ ।

दशरथ रंगाशालामा शुक्रबार भएको दशौं चरणको पहिलो खेलमा लिगको पहिलो जित निकालेको फ्रेन्ड्स स्पस्ट तीन अंक जोड्दै तालिकाको १२औं स्थानमा उक्लिएको छ ।

फ्रेन्डस्लाई जित दिलाउन सुसिल शाह र जमोउल एन्थोनी फ्रान्कोइसलजे दुई गोल गरे भो स्यामबाबु क्याप्चाकीले एक गोल गरे । ब्रिग्रेडका लागि ड्याडी जुनियर अनिल गुरुङले गोल गरे ।

फ्रेन्ड्सले खेलको १४औं मिनेटमा सुसिलको गोल मार्फत अग्रता लिएको थियो । डेड्डी जुनियरले फ्रेन्डसका कप्तान नथानियल जुडे गर्सियालाई फाउल गरेपछि फि किक पाएको थियो । उक्त फ्रिकमा करिब २५ यार्डबाट सुशिलले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।उनले जारी लिगको डेब्यु खेलमै गोल गरेका हुन् ।

यस्तै, २५औं मिनेटमा ब्रिगेडका ड्याडी जुनियरले बराबरी गोल फर्काएका थिए । फ्रेन्डसका डिफेन्डर असिम भुसालले ब्रिगेडका फरवार्ड भुवन बस्नेतलाई फाउल गरेपछि पाएको फ्रिकिकको सदुपयोग गर्दै उन्ले गोल फर्काएका थिए ।

त्यसको दुई मिनेट नबित्दै स्याम्बाबु क्याप्चाकीले गोल गर्दै फ्रेन्डलाई पुनः अग्रता दिलाए । विकास थापाले काउन्टरमा ब्रिगेडका गोलकिपर विशाल बस्नेतलाई बीट गर्दै उपलब्ध गराएको पासमा उनले सुन्दर फिनिस गरेका थिए ।

त्यसपछि एन्थोनी फ्रान्कोइसले पहिलो हाफको इन्जुरी समयमा फ्रेन्डसकालागि तेस्रो गोल गरे । उनले निशेन सुब्बाको फ्रिकिकमा ६यार्ड बक्सबाट हेडर मार्फत गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको फ्रेन्डसका लागि एन्थोनी फ्रान्कोइसले खेलको ७६औं मिनेटमा चौथो गोल गरे । उनल प्रिजेन तामाङको क्रसमा गोल गरेका थिए ।

त्यसको दुई मिनेट नबित्दै पुनः प्रिजेनकै पासमा सुशिलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सका लागि पाँचौं गोल गरे ।

फ्रेन्ड्ससामु निरिह बनेबो ब्रिगेडका लागि अनिल गुरुङले खेलको ८६औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए । प्रिजेन तामाङले ब्रिगेडका रुडी जोनाथानलाई पेनाल्टी एरियामा फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । ए डिभिजन लिगमा अनिलले आठ वर्ष पछि गोल गरेका हुन् ।

खेलको निर्धारित समयसम्म पनि ब्रिगेडले पाएका थुपै्र अवसरहरु सदुपयोग गर्न नसक्दा दुर्भाग्यशाली साबित भयो ।

पहिलो जित निकालेको फ्रेन्ड्स १० खेलबाट ६ अंकसहित तालिकाको १२औं स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले यसअघिका ६ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो । १० खेलमा ६ अंक जोडेको ब्रिगेड रेलिगेशन क्षेत्रमा झरेको छ ।

आज ४ः४५ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर