१२ वर्षमुनिकालाई आलोपालो बोलाएर पठनपाठन गराउन शिक्षामन्त्रालयको आग्रह – Nepal Press

१२ वर्षमुनिकालाई आलोपालो बोलाएर पठनपाठन गराउन शिक्षामन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो बोलाएर पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहहरूलाई पत्राचार गर्दै १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा त्यसभन्दा मुनिकालाई आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

विज्ञार्थी संख्याको आधारमा आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा चलाउन अनुरोध गरेको छ ।

मन्त्रालयको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृहमन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ ।

महाशाखाद्वारा आज विज्ञप्तिमा भनिएको छ,‘कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको २३ गतेको को सिफारिसअनुसार विश्वविद्यालय, विद्यालय, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन गतेबाट सञ्चालन गर्ने, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर