मसालका नेता ढकाल एमालेमा प्रवेश – Nepal Press

मसालका नेता ढकाल एमालेमा प्रवेश

काठमाडौं । मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

ढकाल राजनीतिसँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनले कम्युनिष्ट आन्दोलनबारे नेपाली र अंग्रेजीमा पुस्तक लेखेका छन् ।

अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका अजयका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् । राजदूत माओवादी कोटाबाट भए पनि उनी पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, एमाले प्युठान जिल्ला इन्चार्ज सूर्य थापा लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर