माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन मधेस प्रदेशले दियो सार्वजनिक विदा ! – Nepal Press

माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन मधेस प्रदेशले दियो सार्वजनिक विदा !

काठमाडौं । तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।

पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।

अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले जनयुद्ध दिवस भनेर विदा दिएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर