यस्तो बन्यो एमाले सिन्धुपाल्चोकको जिल्ला कमिटी (सूचीसहित) – Nepal Press

यस्तो बन्यो एमाले सिन्धुपाल्चोकको जिल्ला कमिटी (सूचीसहित)

सिन्धुपाल्चोक । नवौं जिल्ला अधिवेशन उद्घाटन भएको करिब एक महिनापछि नेकपा एमाले सिन्धुपाल्चोकले ११६ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

एमालेका निवर्तमान जिल्ला कमिटी सचिव कमल नेपालको अध्यक्षतामा १ सय सदस्य १६ जिल्ला कमिटी चयन गरेको अध्यक्षमण्डलका सदस्य एवम् एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत, उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । अध्यक्षमण्डलको तर्फबाट १६ जनालाई जिल्ला कमिटी सदस्यहरुमा मनोनीतका लागि सिफारिससमेत गरिएको नेता नेपालले जानकारी दिए ।

जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम फागुन ४ गते जिल्ला पार्टी कार्यालयमा राखिएको छ । एक महिना लामो प्रयासपछि सर्वसम्मत रुपमा नेतृत्व छनोट गरिएको हो ।

अध्यक्षमा पाँचजनाले उमेदवारी दिएका थिए । पालिका कमिटीका १२ जना अध्यक्षहरु जिल्ला कमिटीका पदेन सदस्य हुने अध्यक्षमण्डलले जानकारी दिएको छ ।

हेर्नुहोस् सिन्धुपाल्चोक एमालेको पूर्ण जिल्ला कमिटीका सदस्यको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर