चीनबाट फर्किएयता पहिलोपटक सार्वजनिक कार्यक्रममा वर्षमान – Nepal Press

चीनबाट फर्किएयता पहिलोपटक सार्वजनिक कार्यक्रममा वर्षमान

काठमाडौं । थाइल्याण्ड र चीनमा लामो उपचारपछि नेपाल फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुन सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेका छन् ।

नेता पुन शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले आयोजना गरेको पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा भाग लिए ।

पुन चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर ११ माघमा स्वेदश फर्किएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो ।

चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए ।

माओवादी महासचिवका दावेदार समेत रहेका पुनलाई चिनियाँ सरकारका उच्च अधिकारीले महत्व दिएर भेटेपछि अर्थपूर्णरुपमा हेरिएको थियो ।

पुनकै आग्रहमा आठौं महाधिवेशनपछि निर्वाचित माओवादी केन्द्रको पहिलो केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रक्रिया स्थगन गरेको थियो ।

स्वदेश फर्किदा पुनले आफू महासचिवको स्वभाविक दावेदार रहेको बताएका थिए ।

माओवादीमा पदाधिकारीबारे सहमति जुट्न नसक्दा पछिल्लो पटक २८–२९ माघमा बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर