चेल्सीले जित्यो पहिलो फिफा क्लब विश्वकप
नेपाल प्रेस
२०७८ फागुन १ गते ८:३४
काठमाडौं । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।
यससंगै चेल्सीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।
अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर