प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले दर्ता गरायो महाअभियोग प्रस्ताव – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले दर्ता गरायो महाअभियोग प्रस्ताव

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दार्ता गरेको नेपाल प्रेसलाई बताए ।

प्रधानन्यायाधीशमाथि २१ बुँदे आरोप लगाइएको छ ।

राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर