बादलले दिए ‘जनयुद्ध दिवस’ को शुभकामना – Nepal Press

बादलले दिए ‘जनयुद्ध दिवस’ को शुभकामना

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । सामाजिक संजालमार्फत शुभकामना दिँदै बादलले माओवादी युद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मरण गरेका छन् ।

‘२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

माओवादी युद्धको सुरुआतदेखि बैठानसम्म बादलले महत्वपूर्ण भूमिका खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर