आजदेखि रेल सञ्चालन, फागुन दोस्रो साताबाट यात्रु बोक्ने – Nepal Press

आजदेखि रेल सञ्चालन, फागुन दोस्रो साताबाट यात्रु बोक्ने

जनकपुरधाम । जनकपुर (कुर्था)– जयनगर (भारत) रेल आजदेखि सञ्चालनमा आएको छ ।

जयनगरबाट मध्यान्ह १२ बजे रेल जनकपुरधाम आइपुगेको हो ।

परीक्षणकै लागि आजबाट रेल सञ्चालनमा ल्याइएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । फागुन दोस्रो सातासम्म खाली रेल कुदाएर परीक्षण हुने उनले जनाएका छन् ।

१७ महिनासम्म एकै ठाउँमा राखिएका कारण आजबाट नियमित परीक्षण सुरु गरिएको उनको भनाई छ ।

उनले भने, ‘केहि दिनअगाडी एक/दुई दिन ट्राइ रन गरायौं । तर त्यसबाट प्राविधिक स्थिति बुझ्न सकिएन । त्यसैले अब ड्राई रन सुरु गरेका छौं । कुनै समस्या देखिए मेन्टिनेन्स गराउँछौं ।’

एकैपटक यात्रु बोक्दा समस्या आउन सक्ने भएकाले अहिले दुई सातासम्म ड्राई रन गराउन लागेको उनले बताए ।

उनले प्राविधिक समस्या नदेखिए वा समस्या देखिए मेन्टिनेन्स गराउने र त्यसपछि औपचारिक रुपमा उद्घाटन पश्चात यात्रु बोकेर रेल नियमित सञ्चालन हुने बताए ।

 ०७७ असोज २ मा दुई सेट रेल सरकारले भारतबाट ल्याएको थियो । त्यसपछि पटक पटक रेल सञ्चालनको मिति तोकेपनि सञ्चालनमा आउन सकेका थिएन । अब फागुन दोस्रो साताबाट औपचारिक रुपमा रेल नियमित सञ्चालन हुने बताइएको छ ।

रेल सञ्चालनका लागि महाप्रबन्धक झाले ५९ कर्मचारी नियुक्त गरेका छन् । उनीहरुलाई तालिम समेत दिइसकेको छ ।

अहिले परीक्षणका क्रममा कर्मचारीलाई दक्ष बनाइनेछ । साथै भारतबाट समेत २६ जना प्राविधिक कर्मचारी आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर