पाँच केजी सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
नेपाल प्रेस
२०७८ फागुन १ गते १३:५३
काठमाडौं । त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
उनलाई शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौं उत्रिएका थिए । भन्सार कार्यालयको जाँचलाई छलेर अगाडि बढेपछि शंका लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
४ वटा पोकामा अर्धठोस सुन ल्याइएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले नेपाल प्रेसलाई बताए ।
पक्राउ परेका लिलाई विमानस्थल भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर