एमालेको निर्णय-महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्धको षडयन्त्रपूर्ण कदम, गम्भीर प्रतिवाद गर्ने – Nepal Press

एमालेको निर्णय-महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्धको षडयन्त्रपूर्ण कदम, गम्भीर प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए ।

महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने समेत बताए ।

सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै एमालेले कांग्रेस माओवादी गठबन्धनले पटक पटक सत्तामा गएका बेला प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि आक्रमण गर्ने गरेको भन्दै जनतालाई प्रतिवादमा उत्रिन समेत आह्वान गरेको छ ।


प्रतिक्रिया

One thought on “एमालेको निर्णय-महाअभियोग स्वतन्त्र न्यायपालिकाविरुद्धको षडयन्त्रपूर्ण कदम, गम्भीर प्रतिवाद गर्ने

  1. प्रतिवाद गर्ने मात्र हाेईन गठबन्धनकाे सेटिङमा लागेका दिपक कार्की लगायतलाई महाअभियाेग लगाउनुपर्छ । चाेलेन्द्रलाई हटाएर फैसला आफ्नाे पक्षमा छाप लगाईदिने न्यायाधिशलाई कामु दिलाउने षडयन्त्र हाे । सर्वेच्चका न्यायाधिश जस्ता अनैतिक भ्रष्ट र दलाल याे देशमा अरू काेहि नहुने भए ।न्यायालय त सकियाे अब । चाेलेन्द्रले मन्त्री माग्दा खुरूक्क दिने अहिले त्यसैलाई महाअभियाेगकाे बहाना बनाउने ? याे भन्दा चरम अनैतिकता र भ्रष्टता के हाेला ? हमाललाई मन्त्री बनाउने देउवा र हमाल चाेलेन्द्रकाे मान्छे नभएर काँग्रेसकाे कार्यकर्ता भएर मन्त्री भएकाे हाे भन्ने प्रचण्डजस्ता दलालहरू याे देशका नालायक हुन् । यिनलाई यहि कसुरमा जेल हाल्नुपर्छ । यी विदेशीका एजेन्ट मात्र हुन् । परिवारै प्रयाेग गरेर देश लुटिरहेका छन् । आफूले मात्र नभएर श्रीमतीलाई पनि घुस उठाउन लगाईरहेका छन् । यस्ता दलालहरू विहिन देश बनाउजे दायित्व अब जनताकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर