कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक बस्दै
नेपाल प्रेस
२०७८ फागुन २ गते ९:४३
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक आज बस्दैछ । बैठक साढे ११ बजे बोलाइएको छ ।
कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ ।
आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले सोही दिनबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् ।
प्रतिक्रिया