नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा निर्वाचन सुरु


नयाँदिल्ली । नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड र गोवामा आजदेखि विधान सभाको चुनाव सुरु भएको छ ।
उत्तराखण्डको ७० सिटका लागि भएको चुनावमा विद्युतीय मतदान पेटिकामा समस्या आएपछि केही बेर मतदान स्थगित भएको थियो । ग्रामिण क्षेत्रका केही मतदाताले चुनाव नै बहिष्कार गरेका छन् ।
देहरादून, टिहरी र अल्मोडा लगायतका केही केन्द्रमा विद्युतीय मतदान केन्द्रमा समस्या भएको हो । देहरादूनका निर्वाचन अधिकारीहरुका अनुसार सबै क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान भैरहेको छ ।
यसैबीच, गोवा राज्यका ४० सिटमा समेत मतदान सुरु भएको छ । भारतीय राजनीतिमा निकै अर्थपूर्ण मानिएको उत्तर प्रदेशमा दोस्रो चरणको मतदान भैरहेको छ ।