अमेरिका-क्यानडा जोड्ने पुलबाट प्रदर्शनकारी हटाइए, ३० जना पक्राउ (तस्बिरहरु) – Nepal Press

अमेरिका-क्यानडा जोड्ने पुलबाट प्रदर्शनकारी हटाइए, ३० जना पक्राउ (तस्बिरहरु)

काठमाडौं । कोभिड-१९ खोपविरुद्ध प्रदर्शनकारीको अवरोधले बन्द अमेरिका र क्यानडाबीचको व्यस्त पुल ६ दिनपछि सोमबारदेखि पुनः खुला गरिएको छ । क्यानडा सीमा प्रहरीले प्रदर्शनकारीलाई पुलबाट हटाएपनि आवागमन खुला भएको हो ।

वाइन्डसोर र ओन्टारियो जोड्ने उक्त पुलमा अवरोध गरिरहेका केही प्रदर्शनकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पुलमा गरिएको उक्त प्रदर्शनपछि डेट्रोइडको कार उत्पादन कम्पनी फोर्स मोटरले जनरल मोटर र ट्योटा मोटरको उत्पादनमा कटौती गरेको थियो ।

उक्त पुलबाट मात्रै दैनिक ३६० मिलियन डलर बराबरको कार्गो आवातजावत हुन्छ जसले अमेरिका र क्यानडाको समग्र ब्यापारको २५ प्रतिशत ब्यापारको हिस्सा ओगट्छ ।

वाइन्डर प्रहरी अधिकृतका अनुसार आइतबार २० देखि ३० जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शन भएका क्षेत्रबाट प्रहरीले केही मोटर समेत बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर