दैलेख आठबीसका पराजित अध्यक्ष र केही एमाले कार्यकर्ता कांग्रेस प्रवेश

२०७८ फागुन २ गते १७:१०

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका रामबहादुर कठायतले नेकपा एकीकृत समाजवादी छाडेका छन् । एक कार्यक्रमका बीच कठायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी वडा नम्बर ७ को अध्यक्षमा ८ मतले पराजित भएका थिए ।
कठायतसँगै नगर कार्यपालिका सदस्य डबल सुनारले पनि कांग्रेस रोजेका छन् ।
यस्तै, एमाले परित्याग गरेर वडा नं. ७ का प्रेमबहादुर विक, आठबीस ८ का प्रेमबहादुर विक, ३ नम्बरका ज्योति बडुवाल, कमल बडुवाल, ५ नम्बरका भूपेन्द्र रोका मगर, अशोक रोका मगरलाई पनि कांग्रेसमा स्वागत गरिएको छ ।
प्रतिक्रिया
One thought on “दैलेख आठबीसका पराजित अध्यक्ष र केही एमाले कार्यकर्ता कांग्रेस प्रवेश”
Leave a Reply
सम्बन्धित खवर
समाजवादीमा लागेकाहरू काँग्रेस प्रवेश गरेका हुन् एमालेका हाेईनन् ।