एमसीसीमा दलहरु नै निर्णायक, म अम्पाएर मात्रै हुँ : सभामुख सापकोटा – Nepal Press

एमसीसीमा दलहरु नै निर्णायक, म अम्पाएर मात्रै हुँ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसीबारे आफू निर्णायक नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वदलीय बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले यसमा दलहरु नै निर्णायक हुने बताएका हुन् । ‘उहाँहरुले एमसीसीबारे आआफ्नो धारणा राख्नु भएको छ,’ उनले भने, ‘म खुल्ला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु।’

सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको र आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको बताए । ‘सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभानुपर्छ भन्नेमा म सचेत छु,’ सापकोटाले भने, ‘मैले विशेष रुपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ ।’


प्रतिक्रिया

One thought on “एमसीसीमा दलहरु नै निर्णायक, म अम्पाएर मात्रै हुँ : सभामुख सापकोटा

  1. अनि केपी ओलिको पालामा त संसद अवरोध पनि थिएन , त्यतिबेला किन यो प्रस्ताव टेबल गर्न नमानेको ? अहिले अमेरिकाले मानवअधिकार हननका गम्भिर अपराधिलाई नछाडिने भने पछि बल्ल होस आयो हैन ? नत्र त म कसैसंग डराउंदिन बरु संसदमै मर्न तयार छु तर यो प्रस्ताव म टेबल गर्दै गर्दिन भनेर कुर्लिएको पनि जनताले सुनेकै छन् क्या सभामुख ज्यू !त्यसको जवाफ चुनावमा पाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर