ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै – Nepal Press

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै

औपचारिक घोषणा ६ फागुनमा

काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।

दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले  जानकारी दिए ।

हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा ६ फागुनमा गरिने बताए ।

राप्रपाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा।धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

उक्त वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।

स्रोतका अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाको पदाधिकारी बनाउने तयारी गरिएको छ । कुन पद भन्ने चाहिँ स्रोतले बताउन चाहेन ।

अभियानका संयोजक ज्ञानेन्द्र शाहीले भने राप्रपासँग वार्ता जारी रहेको जानकारी दिए । उनले विस्तृतमा पछि कुरा गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर