शोक प्रस्ताव पारित गर्दै फागुन ६ सम्म प्रतिनिधिसभाको बैठक स्थगित – Nepal Press

शोक प्रस्ताव पारित गर्दै फागुन ६ सम्म प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।

एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अनुपस्थित रह्यो । एमालेले यसअघि झैं आज पनि संसद बैठकको अवरोधलाई निरन्तरता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर