ब्राजिलको पेत्रोपुलिस सहरमा बाढीपहिरो, कम्तिमा ७१ जनाको मृत्यु – Nepal Press

ब्राजिलको पेत्रोपुलिस सहरमा बाढीपहिरो, कम्तिमा ७१ जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेत्रोपुलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् ।

रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् । सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ ।

समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए ।

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर