बालाजुमा मिनीबसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु – Nepal Press

बालाजुमा मिनीबसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनीबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५५ वर्षीया महिला छिन् ।

बालाजुको गंगा हल अगाडि बाटो काट्ने क्रममा विहान ६ बजे मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले नेपालप्रेसलाई जानकारी दिए।

‘गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर भागेको छन् । प्रहरीले खोजी गरिरहेको छ । ’ उनले भने । प्रहरीले अनुसन्धान शुरु गरेको उनले बताए । बसको नम्बर खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *