एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध नेकपा एसका विद्यार्थी नेताले दिए अख्तियारमा उजुरी – Nepal Press

एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध नेकपा एसका विद्यार्थी नेताले दिए अख्तियारमा उजुरी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरी दिएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अ‍नेरास्ववियूले विहीबार  तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीको दर्ता नम्बर सी-०२८०५५ रहेको छ ।

उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।

नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।

हेर्नुस् उजुरीपत्र :-

तस्बिरहरु: गाैरव पौडेल।

 


प्रतिक्रिया

One thought on “एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध नेकपा एसका विद्यार्थी नेताले दिए अख्तियारमा उजुरी

  1. तस्कर व्यापारी र भ्रष्टाचारीकाे पैसाले काठमाण्डाैमा बस्याे, टाेले गुण्डाकाे जस्ताे काम गर्याे । कुन् कुन तस्कर र भ्रष्टचारीबाट पैसा खाईरहेका छन् यीनले छानविन गर्नुपर्छ । माधवले त अलिअलि हड्डी फालिदिने नै भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर