माल्दिभ्स संसारकै उत्कृष्ट ‘रोमान्टिक गन्तव्य’को सीएनएन सूचीमा
काठमाडौं । दक्षिण एसियाली मुलुक माल्दिभ्स संसारकै रोमान्टिक गन्तव्यको रुपमा सूचीकृत भएको छ । सीएनएनले रोमान्सको मामिलामा टापु राष्ट्र माल्दिभ्स अग्रस्थानमा आउने जनाएको छ ।
माल्दिभ्सका १३ वटा थलोको भौगोलिक बनावट र संरचना सुन्दर रहेको उल्लेख गर्दै सीएनएनले रोमान्टिक जोडीको लागि उक्त टापु मुलुक पहिलो गन्तव्य हुने उल्लेख छ ।
भारतबाट ६०० माइलको दूरीमा रहेको माल्दिभ्सको टापु, समुन्द्रीतट, पानी र सामुन्द्रीक जीव अलौकिक विशेषता समेत रहेको उल्लेख छ । स्पिडबोट र सामुन्द्रीक जहाजबाट पुग्न सकिने १०० रिसोर्ट त्यहाँ रहेको भनिएको छ ।
कलात्मक र दिगो पर्यावरणको हिसाबले पाटिना माल्दिभ्स त्यहाँको उत्कृष्ट गन्तव्य रहेको जनाइएको छ । ब्राजिलका आर्किटेक्ट इन्जिनियर मार्सियो कोगानले डिजाइन गरेका ९० भिल्ला र २० स्टुडियो पनि गन्तव्य हुने उल्लेख छ ।
सीएनएनको रोमान्टिक गन्तव्यको अन्य सूचीमा क्यानडाको क्युबेक सहर, इटालीको तुसकानी, अमेरिकाको हवाइ, चाल्र्सटन, बोत्स्वाना, फ्रान्सको पेरिस, टर्कीको इस्तानबुल, भियतनामको होइ एन, फेन्च पोलिनेसियाको बोराबोरा, इटालीको भेनिस, अर्जेन्टिनाको ब्यूनर्स आयर्स, जापानको क्योटो समावेश छन् ।