थप तीन पार्टी दर्ता, राजनीतिक दलको संख्या १०६ पुग्यो – Nepal Press

थप तीन पार्टी दर्ता, राजनीतिक दलको संख्या १०६ पुग्यो

यी हुन् स्थानीय चुनाव केन्द्रित आयोगका पछिल्ला निर्णय

काठमाडौं । निर्वाचन आयोगमा थप तीन राजनीतिक दल दर्ता भएका छन् । आयोगका अनुसार पछिल्लो पाँच दिनमा जनता प्रगतिशील सामाजिक एकता र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन् ।

योसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ ।

आयोगले आउँदो वैशाख ३० मा तय गरिएको स्थानीय तह निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दल दर्ता प्रक्रिया, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाइ, प्रचार सामग्री तयारीलगायतका निर्णय गरिएको हो ।

हेर्नुस् आयोगका पछिल्ला ५ दिनका निर्णय :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर