एमालेको प्राथमिकता सरकार हैन चुनाव हो : योगेश भट्टराई (भिडिओ) – Nepal Press

एमालेको प्राथमिकता सरकार हैन चुनाव हो : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन् ।

गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उनको भनाई छ ।

गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरीने उनले बताए ।

उनले भने, ‘अहिले सरकार एमालेको प्राथमिकता होइन । एमालेको प्राथमिकता चुनाव हो । वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन । यसमा पर्याप्त मात्रामा क्रंक्रिटहरु थिएनन् । सिमेन्टहरु थिएन । छडहरु मिलाएको थिएन । रसायन मिलेको थिएन । त्यसकारण यो टुट्नु त अनिवार्य छ । यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ । टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ ।’

उनले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए । एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही हुनुपर्ने उनले बताए । सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तीनवटै तहको निर्वाचन भएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर