इङ्लिस प्रिमियर लिगमा सिटी टोटनहमसँग पराजित
काठमाडौं । ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३–२ ले निराश पारेको छ ।
शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३–१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।
चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो । ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्र्दै टोटनहमको अग्रता ३१ मा पुर्याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।
इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टनेटहमसँग अंक बाँड्ने संकेत गरेको थियो । तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए ।
अक्टोबरमा क्रिस्टल प्यालेससँग २(० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो । सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ ।
सिटीसँगको अंक दूरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३–१ ले हराएको हो ।
४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो । ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुलाई अगैता दिलाए । ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे ।