संसदमा एमसीसी टेबल हुँदै, एमाले अवरोध कायमै (लाइभ) – Nepal Press

संसदमा एमसीसी टेबल हुँदै, एमाले अवरोध कायमै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ ।  अमेरिकी सहायता परियोजना एमसीसी अन्ततः आजको सदनमा पेस हुँदैछ ।

एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्दैछन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सदनको अवरोध कायमै राखेको छ । बैठक सुरू हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।  आफूले कारबाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराएसम्म बैठक सुरू हुन नदिने भन्दै एमालेले सदन अवरोध जारी राखेको छ ।

सभामुख आजको कार्यव्यवस्था परामर्श समितिमा पनि एमाले उपस्थित भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर