एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ) – Nepal Press

एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

काठमाडौं । शहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् ।

संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् ।

‘एमसीसीमा हाम्रा केही असहमति छन्,’ उनले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो संसद पनि हो । त्यही अनुसार एकीकृत समाजवादी टेबुल गर्न तयार भएको हो ।’

के संशोधन गर्ने भन्नेबारे अब सांसदकै हातमा आएको उनको भनाइ छ। झाँक्रीले भनिन्, ‘के कुरा संशोधन गर्ने भन्ने कुरा सांसदकै हातमा आएको छ।

 


प्रतिक्रिया

One thought on “एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

  1. तिम्राे पार्टीकाे धारणा चाहिँ के हाे नि ? तिमी त मन्त्री छाेडनुपर्ला, डिल भैसकेकाे तर हात नपरेकाे कमिशन जाला भनेर पार्टीले जे भने पनि पक्षमै भाेट हाल्नेहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर