बानेश्वर चोकमा प्रहरीले चलायो ६ राउण्ड गोली
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ फागुन ८ गते १७:२०
![](https://www.nepalpress.com/wp-content/uploads/2022/02/mcc-birod-8-1.jpg)
काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले ६ राउण्ड गोली चलाएको छ ।
काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले निषेधित क्षेत्रमा प्रवेश गरेकाले रबरको गोली चलाइएको बताए ।
उनले प्रदर्शनमा भएको झडपका क्रममा धेरै प्रहरी घाइते भएको बताए। ‘अहिले पनि प्रदर्शन भइरहेको छ। हाम्रा प्रहरी साथीहरु धेरै घाइते भएका छन् । अहिले नै कति संख्या भनेर भन्न सकिने अवस्था छैन, उनले भने।
प्रतिक्रिया