नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन – Nepal Press

नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन

काठमाडौं । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन भएका छन् । अमेरिकामा सम्पन्न साधारण सभाले दुइ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नब निर्वाचित अध्यक्षलगायतले आइतबारबाटै आफ्नो कार्यभार सम्हालिसकेका छन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ़नो टिमले यथाशिघ्र आफ्नो जिम्मेवारी अनुसारको काममा खट्ने प्रतिवद्धता जनाएका छन् । साधारण सभामा वर्तमान कार्य समितिका अध्यक्ष कृष्ण कंडेलले संस्थापक एवम पूर्व अध्यक्ष, निर्बाचन समितिका पदाधिकारी तथा संस्थाका सल्लाहाकार शालिकरामलाई सम्मान गरेका थिए ।

संस्थाको साधारण सभाले आर्थिक प्रतिवेदन पारित गरेको छ भने संस्थाका पूर्व अध्यक्ष देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगती र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *