सदनमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा अस्वीकार
नेपाल प्रेस
२०७८ फागुन १० गते १३:२५
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार (दरपिठ) गरेको छ ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।
यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर