ललितपुर मेयर कप टी-२० क्रिकेट : एपीएफको विजयी सुरुआत – Nepal Press

ललितपुर मेयर कप टी-२० क्रिकेट : एपीएफको विजयी सुरुआत

काठमाडौं । प्रदेश-१ विरुद्ध ६ विकेटको सहज जित निकाल्दै साविक विजेता नेपाल एपीएफ क्लबले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५७ रनको योगफल तयार गरेको थियो ।

प्रदेश–१ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११.४ ओभरमा ४ विकेट गुमाएर सहजै पुरा गर्यौ ।

पहिला ब्याटिङ गरेको प्रदेश–१ का लागि सबनम राईले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

एपीएफको बलिङमा करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् भने राजमती ऐरीले २ विकेट लिइन् । रेखा रावल र सुमन विष्टले समान एक एक विकेट लिए ।

एपीएफको ब्याटिङमा ओपनर ज्याती पाण्डेले सर्वाधिक २३ रनको योगदान गरिन् । रोमा थापाले १५ रन बनाएर पभेलियन फर्किदा राजामाती ऐरी ४, कप्तान सिता राना मगर १ र इन्दु बर्मा २ रन जोडेर आउट भए ।

प्रदेश–१ को बलिङमा सबनम राईले २ विकेट लिइन् भने, हरमाई रोए र रुबिना क्षेत्रीले १÷१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *