२०७४ को स्थानीय चुनावमा भन्दा यो पटक ८१ करोड बढी खर्च लाग्ने – Nepal Press

२०७४ को स्थानीय चुनावमा भन्दा यो पटक ८१ करोड बढी खर्च लाग्ने

काठमाडौं । स्थानीय तहको अघिल्लो चुनाव भन्दा यसपाली ८१ करोड बढी खर्च हुने भएको छ ।

अघिल्लो चुनावमा ८ अर्ब १४ करोड खर्च भएकोमा यसपटक ८१ करोड बढी खर्च हुने निर्वाचन अयोगको अनुमान छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट निकासा माग गरेको समेत बताएको छ ।

विगत ५ वर्ष यता भएको मूल्य वृद्धि, कर्मचारीको तलबमा भएको वृद्धि र थप भएका करिब ३८ लाख मतदाताका कारण मतदान केन्द्र वृद्धि भएका कारण खर्चमा वृद्धि भएको आयोगले उल्लेख गरेको छ ।

यसअघि आयोगले १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर