प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री खुमलटारमा, प्रचण्डसँग छलफल
नेपाल प्रेस
२०७८ फागुन ११ गते ८:५३
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमसीसीका कारण उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाणले अध्यक्ष प्रचण्डसँग एमसीसीमा सत्ता गठबन्धन मिलेर अघि बढ्नुपर्ने बताएका थिए । प्रचण्डलाई भेटेर निस्किएलगत्तै गृहमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
(सच्याइएकोः यसअघि खुमलटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्तासम्बन्धी समाचारमा गृहमन्त्री हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ)
प्रतिक्रिया