नेरि थापाको उत्कृष्ट बलिङ प्रदर्शनमा लुम्बिनी विजयी – Nepal Press

नेरि थापाको उत्कृष्ट बलिङ प्रदर्शनमा लुम्बिनी विजयी

काठमाडौं । नेरि थापाको उत्कृष्ट बलिङमा ललितपुर मेयर-११ लाई २ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बुधाबर त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीले दिएको ९५ रनको विजयी लक्ष्य पछ्याएको मयर-११ निर्धारित २० ओभरमा ९२ रन मात्रै बनाउन सफल भयो ।

मेयर–११ को ब्याटिङमा ओपनर कञ्चन श्रेष्ठले सबैभन्दा धेरै २२ रनको योगदान गरिन् । अस्मिना कर्माचार्य २० रनमा अविजित रहदा साना प्रविन १२ रन बनाएर आउट भइन । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीको वलिङमा नेरि थापाले ४ ओभरमा एक मेडन सहित ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् ।

पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सवार्धिक ३१ रनको योगदान गरिन् । नेरि थापा १५ रन जोडेर पभेलियन फर्किंदा सरस्वती पुन २० रन बनाउँदै अविजित रहिन् । ओपनर लक्ष्मी चौधरी ४ रन बनाएर आउट भइन् ।

मेयर–११ को वलिङमा सुमन खतिवडाले तीन विकेट लिइन भने सिला क्षेत्रीले १ विकेट लिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर