देउवाको सन्देश लिएर गृहमन्त्रीले भेटे सभामुख – Nepal Press

देउवाको सन्देश लिएर गृहमन्त्रीले भेटे सभामुख

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको विषयलाई लिएर गठबन्धन धरमाइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।

प्रतिनिधिसभाको बैठक स्थगन हुनेबित्तिकै खाण र सापकोटाबीच भेटघाट भएको सभामुखको निजी सचिवालयले जनाएको छ । दुईजनाबीचको कुराकानीबारे सचिवालयले बताउन चाहेन ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि प्रमुख प्रतिपक्ष एमालेसँग संवाद बढाएका छन् । देउवासँग सहकार्य गर्न एमालेले सभामुख हटाउनुपर्ने पूर्वशर्त राखेको छ ।

एमाले-कांग्रेस संवाद बाक्लिएका बेला देउवाले खाणमार्फत सभामुखलाई मार्ग प्रसस्त गर्न सन्देश पठाएको हुने सक्ने ठानिएको छ । तर, सभामुख सजिलै छोड्ने मुडमा छैनन् । आफूलाई महाअभियोग लगाएर हटाउन सापकोटाको चुनौती छ ।

महाअभियोगमार्फत हटाउन दुईतिहाइ चाहिन्छ, जसका लागि कांग्रेस-एमाले मिलन मात्रै काफी हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर