संसद भवनमा ओलीको व्यस्तता- कांग्रेसलगत्तै माओवादी शीर्ष टोलीसँग छलफल – Nepal Press

संसद भवनमा ओलीको व्यस्तता- कांग्रेसलगत्तै माओवादी शीर्ष टोलीसँग छलफल

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परिरहेका बेला नेताहरूबीच दौडधुप बढेको छ ।

आजको बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली भेट्न संसद भवनस्थित एमाले संसदीय दलको कार्यालय पुगे ।

ओली-प्रचण्डबीच वान टू वान भेटपछि अहिले एमाले र माओवादीका शीर्ष नेताहरूसहितको छलफल जारी छ ।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल छन् । त्यस्तै माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

एमसीसीलाई लिएर कांग्रेससँगको गठबन्धन भत्किन आँटेका बेला प्रचण्डले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव दोस्रो तहका नेताहरूमार्फत पठाएका थिए । यो भेटमा प्रचण्डले उक्त प्रस्तावमाथि ओलीलाई आश्वस्त बनाउने कोसिस गर्ने ठानिएको छ ।


प्रतिक्रिया

One thought on “संसद भवनमा ओलीको व्यस्तता- कांग्रेसलगत्तै माओवादी शीर्ष टोलीसँग छलफल

  1. सत्ता लिप्सा । प्रचण्डले पुन: ओलीलाई लडाउने हुन की, प्रचण्ड त्वं शरणमा गरेर लडने हुन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर