रुसको हमलामा १३७ युक्रेनीको मृत्यु, मारिनेमा सर्वसाधारण पनि
नेपाल प्रेस
२०७८ फागुन १३ गते ८:४३
काठमाडौं । रुसी फौजले युक्रेनमा गरेको हमलामा १३७ जना युक्रेनीको मृत्यु भएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।
मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।
रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर