स्थानीय चुनावका लागि दल दर्ता गराउन आयोग जाँदै एमाले
नेपाल प्रेस
२०७८ फागुन १३ गते १२:०१
काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ । दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली १२:३० मा निर्वाचन आयोग जाने कार्यक्रम छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सो चुनावका आयोगले फागुन ५-१५ सम्म दल दर्ताको समय तोकेको छ ।
प्रतिक्रिया